रौतहट, २३ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकारले बजेटमा अनियमितता गरेको आरोप लगाएका छन् । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको नेता साहले बताएका हुन् । ‘देश कोरोना संत्रास र लकडाउनले अस्तव्यस्त रहेको यो संकटपूर्ण घड़ीमा रोगको नियन्त्रण–रोकथाम, राहत–बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नुपर्नेमा प्रदेश–२ सरकार खास गरि कृषि मन्त्रालय बजेटको अनियमिततामा केन्द्रित छ’ साहले भनेका छन्, ‘कृषि मन्त्रालय मातहत प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न कामको नाममा ठूलो आर्थिक चलखेल भइरहेको छ ।’
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण एवं रोकथाममा अहिले ध्यान दिन आवश्यक भए पनि प्रदेश २ सरकारले कसरी हुन्छ कृषीको बजेट आफूखुशी भ्रष्टाचार गर्नेमा ध्यान केन्द्रीत गरेको आरोप उनले लगाएका छन् । ‘गत वर्ष बगर खेती, बागवानी विकास, बीउविजन वितरण, पोखरी निर्माण तथा मर्मत, कृषि भवन निर्माण, बजार सेड निर्माणलगायतका काममा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान अगाडि बढाई स्थलगत अनुगमन समेत गरेको थियो तर छानबिन निष्कर्षमा न पुगदै फेरि अहिले त्यही काम दोहोरिएको छ’ साहले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here