काठमाडौं, २३ जेठ । अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै निलम्बन गर्न जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले खेलकुदमन्त्रीसँग माग गरेका छन् । शुक्रबारको संसद बैठकमा बोल्दै सांसद यादवले एन्फाको अध्यक्षजस्तो मर्यादित ओहदामा बसेका व्यक्तिले मधेशीको राष्ट्रियतामाथि प्रश्न उठाउँदा खेलकुदमन्त्रीकै संरक्षण त छैन भन्ने आंशका पनि गरे । ‘एन्फालाई सारा नेपालीले माया गर्छ तर त्यसका अध्यक्षले मधेशीलाई हेप्ने रु होच्याउने रु शेर्पाले कस्तो तागतमा यस्तो अभिव्यक्ति दिए रु पक्कै पनि खेलकुदमन्त्रीको तागतमा यस्तो अभिव्यक्ति दिनुभएको होला ।’ उनले भने । उनले सेनालाई पनि यो अभिव्यक्तिमा अध्यक्ष शेर्पाले मुछेको भन्दै कहिले पनि विवादमा नआएको नेपाली सेनालाई लक्षित गरी यस्तो अभिव्यक्ति दिएको बताए ।
सांसद यादवले गलत अभिव्यक्ति दिने शेर्पा अविलम्ब निलम्बन गरी कानूनी दायरा ल्याउन माग गरेका हुन् । उनले भने, ‘१७ किलोमिटर सीमाको रक्षा मधेशीले गर्छ । हामी बिना तलब र बिना बर्दीका सिपाही हौं । त्यस्ता मधेशीमाथि गलत अभिव्यक्ति दिने शेर्पालाई अविलम्ब निलम्बन गर्न खेलकुदमन्त्रीसँग आग्रह गर्न चाहन्छु ।