महोत्तरी २३ जेठ ।
महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय ९भूस्खलन० रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफूल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको सो कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिइन् । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।
मागबमोजिम लगत ९अभिलेख० तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ । सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here