काठमाण्डौं २६ जेठ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्चीको खानेपानी आयोजनाको चाँडै उद्घाटन गर्ने बताएकी छन् । उनले यो आयोजनाको कामको बारेमा अब धेरै प्रश्न उठाउनुपर्ने अवस्था नरहने भन्दै चालु आर्थिक वर्षमै भौतिक काम सकिने बताएकी हुन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले प्रदेश २ मा आर्सनिकयुक्त खानेपानी समस्याको पनि तत्कालीन र दीर्घकालीन ढंगले हल गर्ने काम भइरहेको बताइन् ।
प्रदेश सरकारले तराई–मधेस खानेपानी आयोजना सञ्चालन गरिरहेको भन्दै उनले यो आयोजनाले तराईमधेसको खानेपानीको समस्या समाधान हुने बताइन् । आगामी वर्ष ९४ प्रतिशत आधारभूत खानेपानी सेवा पुर्‍याउने सरकारको लक्ष्य रहेको भन्दै सुक्खा क्षेत्रका लागि दीर्घकालीन खानेपानी आयोजना संचालन हुने बताइन् । उनले देशभरि ‘वास प्लान’ बन्न लागेको बताउँदै सबै स्थानीय तहहरुले पनि यस खालको योजना बनाउने बताइन् । संभावित खानेपानी आयोजनाहरुको ‘आयोजना ब्यांक’ तयार गर्ने काम पनि सरकारले गरिरहेको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here