जनकपुर, २८ जेठ ।
धनुषामा प्रहरी हिरासतमै झुण्डेको अवस्थामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डेको अवस्थामा फेला परेको हो ।
हिरासतको शौचालय भित्रै छानोमा आफ्नै सर्ट,भेस्टले पासो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनी ट्याक्टर चालक थिए । गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कारबाही चलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here