चन्द्रपुर,२८ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—८ सन्तपुरमा कुलो शिल्यानास गरिएको छ । मंगलबार रौतहट क्षेत्र नं—४ राजपा नेपालका संसदका प्रत्यासी तथा विगत लामो समय देखि समाज सेवामा लागेका समाजसेवी कन्थमनी जयसवालले पुरानै कलोलाई ढलान गर्नका लागी शिल्यानास गरेको चन्द्रपुर—८ सन्तपुरका स्थानिय वासिन्दा गोपाल चौधरीले बताएका छन् । प्रदेश २ का भौतीक तथा पूर्वधार बिकास मन्त्रालयबाट समाजसेवी कन्थमनी जयसवालको पहलमा १० लाख बजेट आएको छ ।
समाजसेवी जयसवालको पहलमा आएको १० लाख बजेट सन्तपुरमा कुलो मर्मद तथा सरसफाईका लागी दिएको समाजसेवी जयसवालले बताएका छन् । बिगत लामो समयदेखि कुलोको समस्या झेल्दै आएका सन्तपुर वासी कुलो ढलान हुन्थालेपछि खुशी भएका छन् । सन्तपुरमा उपभोक्ता समिती गठन गरेर सो ढलान तथा सरसफाई कार्य भइरहेको छ । करिब ६० मिटर ढलान र २ किलो मिटर सरसफाई रहेका सो कुलो उभोक्ता समिती गठन गरेर काम थालिएको छ । समितीको अध्यक्ष लक्ष्मी नाराय चौधरी, कोषा अध्यक्षमा महवती चौधरी, सचिबमा सिता राम चौधरी र सदस्यमा किसोरी चौधरी र सत्य नारायन चौधरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here