गौर,३० जेठ / गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि कुनै प्रकारको सहयोग नगरेको बताएकाछन् । फागुनमै नगरपालिकाको बिकास बजेट ८० प्रतिशन सकियको अवस्थामा कोरोना नियन्त्रणका लागि नगरपालिकासंग प्रयाप्त बजेट नभएको गुप्ताको भनाइ रहेको छ ।
गौर नगरपालिकाले कोरोना नियन्त्रणका लागि नेपाल भारत सिमामा पहिलो पटक हल्प डेक्स स्थापना गर्नेदेखी बिभिन्न काम गरेको प्रमुख गुप्ताको भनाइ रहेको छ ।
गौर नगरपालिकाका बिभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसेकाहरुको उचित खानपानको ब्यावस्थापनमा नगरपालिकाको शबैजनशक्ति लागेको गौर नगरपालिकाका प्रमुख कार्यकारी उप सचिव सुमन कार्कीले तराई एक्सप्रेसलाई बताए ।
नगरपालिकाले आफुनै कोरोना परिक्षणका लागि किट किनेर स्वाब निकालेर पठाउदा सरकारले स्वाब परिक्षण गरेर समयमा नपठाउदा क्वारेन्टिनमा बसेकाहरुलाई थप पिडा भएको गौर नगरपालिकाका प्रमुख गुप्ताको भनाइ रहेको छ । स्वाबको रिपोर्ट समयमा नपाउने गरेका कारण गौर मात्र नभएर रौतहट जिल्लाकै सबै नगरप्रमुखले बिभिन्न आरोप खेप्नु परेको गुनासो गुप्ताको छ ।
बिपक्षिहरुले गौरका मेयर आफ्नो होटललाई क्वारेन्टिन बनाउछु भनेर नबनाएको भन्दै सामाजिक संजालमा आफवाह फैल्याएको भन्दै गुप्ताले अहिले गौरमा रहेको आफ्नो होटल सिया प्यालेसमा कोरोना नियन्त्रणका लागि खट्ने डाक्टरहरु बसेको बताए ।
गौरमा कोरोना परिक्षणका लागि गौर अस्पतालमा मेशिन ल्याउनका लागि आफुले प्रदेश सरकारलाई पटक पटक ताकेता गरेपछि आफ्नै पहलमा गौरमा कोरोना परिक्षण हुने मेशिन आउन लागेको गुप्ताको भनाइ रहेको छ ।
संघिय सरकारले कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको बताए पनि अहिले सम्म संघिय सरकारबाट कोरोना नियन्त्रणका लागि स्थानीय तहमा बजेट नआउदा बिकास बजेट कोरोना नियन्त्रणमा लगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here