गौर,३० जेठ / रौतहटको देवाही गोनाही नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरुका लागि स्थानीय समाजसेवी शेख माजिद अलि उर्फ बच्चा बाबुले पानी र बिस्कुट बितरण गरेकाछन् ।
धरहरीमा रहेको जय किसान पोली टेक्नीकल कलेजमा रहेका दुइ सय साठीजना लाई पानी र बिस्कुट बितरण गरेका थिय ।
उनले सोही नगरपालिकाको वडानं २ मा रहेको हब्सा मर्दसामा रहेका करिव २ सय ५० जनालाई पनि पानी र बिष्कुट बितरण गरेको स्थानीय बासिन्दाले बताएकाछन् ।
नेपाली काग्रेसका स्थानीय नेता समेत रहेका बच्चा बाबुले सो स्थानको क्वारेन्टिनमा बसेकाहरुले बिभिन्न समस्या भोग्दै आएका कारण आफुले पानी र बिस्कुट बितरण गरेको बच्चा बाबुले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।