ओम किशोर चौधरी
काठमाण्डौ,२९ जेठ /
दशनामी फन ग्रुपले विभिन्न विधामा अनलाइन प्रतिभा प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
आगामी असर १ गते देखि कार्तिक महिना सम्म साहित्य रचना, गायन, बक्तृत्वकला, नृत्य र अभिनय गरि ५ ओटा विधामा अनलाइन प्रतिभा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विश्व महामारीको रुपमा रहेको कोभिड(१९ कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउन अवधीमा घर भित्रै रहेका प्रतिभाका धनीहरूको कला प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको कार्यक्रमको संयोजक दिपक पुरीले बताएका छन् ।
स्वदेश तथा विदेशमा रहेका जुनसुकै उमेरका दशनामी महिला र पुरुषले यस प्रतियोगितामा भाग लिन सक्ने यस प्रतियोगिता जातीय, धार्मिक, साम्प्रदायिक र लैगिक विभेद अन्त्य गर्ने हेतुले परिकल्पना गरेको परिकल्पनाकार हेम गिरीले जनाकारी दिएका छन् ।
दशनामी फन ग्रुपले आयोजना गर्ने अनलाइन प्रतिभा प्रतियोगितामा असारमा साहित्य रचना, साउनमा गायन, भदौमा बक्तृत्वकला, असोजमा नृत्य र कार्तिक महिनामा अभिनय प्रतियोगिता हुने छ । प्रत्येक प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई क्रमश ७ हजार, ४ हजार, २ हजार ५०० र सान्त्वना हुनेले १ हजार ५०० को नगद राशीको पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्ने संयोजक पुरीले बताए ।
प्रत्येक महिनाको १ देखि १२ गते सम्म सहभागीहरुबाट भिडियो संकलन गर्ने, १४ गते संकलित भिडियो फेसबुक र यूट्युवमा पोस्ट गर्ने, १६ गते प्रतियोगी छनौट गर्ने, १६ देखि २१ गते सम्म दोश्रो चरणमा छनौट भएकाहरुलाई भिडियो बनाउन समय दिने,२३ गते भिडियो फेसबुक र यूटुबमा पोस्ट गर्ने, २४ गते टप ४ छनौट गर्ने,२४ देखि २८ गते सम्म टप ४ लाई भिडियो बनाउन समय दिने, २९ गते टप ४ को भिडियो फेसबुक र यूटुबमा पोस्ट गर्ने, ३० गते विजेता अनि उपविजेता छनौट गर्ने र प्रतियोगितामा भाग लिनका लागि दशनामीहरुले ३ देखि ५ मिनेटको भिडियो बनाएर पठाउनु पर्ने र थप जिज्ञाशा भएमा कार्यक्रम संयोजक दीपक पुरीलाई सिधै ९८४३२९१९४३ वा ९८१८४२९८६४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजक टिमले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here