वीरगंज ३१ जेठ ।
वीरगंजमा एक बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजको घण्टाघरमा फेला परेको बेवारिसे शवमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार मृतक अन्दाजी २५ वर्षका छन् । उनको परिचय खुल्न सकेको छैन । उनको शव बिहीबार दिउ“सो १ बजे घण्टाघर नजिकै फेला परि नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here