वीरगन्ज,३२ जेठ । नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएपछी परवानिपुरमा स्वागत सहित दिपप्रज्जवन भएको छ । सत्तारुढ दल नेकपा परवानिपुर गाउँपालिका ३ वडा कमिटीको आयोजनामा
परवानिपुर चोकमा स्वागत सहित दिपप्रज्जवन भएको हो ।
वडा संयोजक नवीन यादवको अध्यक्षतामा
भारतले अतिक्रमण गरेको भूमि समेटने हिसाबले नक्सा र संविधानको अनुसुचि सच्याएको खुसियालीमा दिप प्रज्वलन गरिएको थियो ।
दिप प्रज्जवन कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य मोबिन आलम, जिल्ला कमिटी सदस्य सोचन यादव, जिल्ला कमिटी सदस्य लाल बहादुर पटेल, नेताहरु नेता राम क्षेत्री पटेल, यासिन मियाँ, इब्राहीम मियाँ, असलम मियाँ, मैनोद्दीन मिया, अवध साह, जगदीस राम, श्याम राम, शिव शंकर राम, राजेश यादव, राहुल श्रा‘फ, कमल ठाकुर, दिप नारायण साह, राम एकबाल यादव, श्याम प्रसाद साह, रामानन्द साह, मोतीलाल पाल, कनहाई पटेल, सफीक अहमद, इमाम आलम, बुनिलाल रौनियार, सलमोद्दीन आलम, रेहान आलम, मुस्तुफा मिया, मेहबूब मिया, इस्लाम मिया लगायत ३ सयजनाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here