गौर,१ असार / चन्द्रनिगाहपुर गौर रोडको हर्साह देखी कटहरियाको छेदी चोक सम्म पुग्ने बाटोमा जमिन परेकाहरुले क्षतीपुर्ती नपाएको भन्दै भोक हडतालमा उत्रेने बताएकाछन् ।
पुर्वमन्त्री तथा नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका रौतहट क्षेत्रनं ३ का सासद प्रभु साहको पहलमा सो बाटो निर्माणको काम सुरु भएको हो ।
साहले बाटोमा जग्गा परेकाहरुलाई उचित क्षतीपुर्ती दिने भनेपनि अहिले सम्म आफुहरुले बाटोमा परेको आफ्नो जमिनको उचित रकम नपाएपछि बाध्य भएर भोकै अनसानमा बस्ने तयारी गरेको कटहरिया नगरपालिका २ का स्थानीय बासिन्दा जुगल किशोर झाले बताए ।
सो बाटो निर्माणको क्रममा बिभिन्न स्थानमा बिवाद आएपछि स्थानीयले सर्बोच्च आदालतमा दिएको निवेदनमा आधारमा बाटोको काम तत्काल रोक्न सर्बोच्चले आदेश दिएको थियो ।
आफ्नो १६ धुर जमिन बाटोमा पारेको १६ घुरमा जम्म २ धुर जमिन बचेको अवस्थामा आफुले क्षतीपुर्ती नपाएपछि बाध्य भएर भोकै अनसानमा बस्न थालेको झाले तराई एकसप्रेसलाई बताएकाछन् ।
गत बर्ष पुसमै बाटोमा जमिन परेकाहरुलाई क्षतीपुर्ती दिने भनेकोमा अहिले सम्म सांसद साहले क्षतीपुर्ती नदिलाएको भन्दै स्थानीयहरु भोकै अनसनको तयारीमा जुटेका छन् ।
सो बाटोको बिभिन्न स्थानमा बिवाद रहेका कारण दैनिकजसो झै झगडा हुने गरेको स्थानीयले बताएकाछन् ।
स्थानीयले आज सोमबार देखी कटहरिया नगरपालिकाको छेदी चोकमा भोकै अनसानको तयारी थालेको हथियाहीका पत्रकार प्रेमचन्द्र झाले बताएकाछन् ।
सो बिषयमा पिडितहरुले बिभिन्न स्थानमा उजुरी दिएको भएपनि कतैबाट सुनुवाइ नभएको पिडितहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here