गौर,१ असार / रौतहटको देवाही गोनाही नगरपालिकामा लकडाउनको डेड महिनामा पाच जना कार्यालय प्रमुख फेरिएका छन् ।
संघिय मन्त्रालयले सो नगरपालिकामा बैशाख १० गते सिकेन्द्र साह र बैशाख १७ गते भोज बहादुर एडी जेठ २८ गते विजय कार्की र जेठ ३० गते मनोज रजक र पछि फेरी एकजनालाई सो मन्त्रालयको हाकिम बनाएर पठाएको थियो ।
कोरोना महामारीका कारण अप्ठेरो अवस्थामा समेत सो नगरपालिकाले आफ्नो काम गरिरहेको बेला संसघय मन्त्रालयले दुई महिनाको बिचमा ५ जना लाई नगरपालिकाको हाकिम बनाएर पठाएका कारण कामकाजनै प्रंभाबित बनेको भन्दै नगरपालिकाका अधिकास निर्वाचित पदाधिकारीले संघिय मन्त्री हृदयस त्रिपाठीको बिरोध समेत गरेकाछन् । मन्त्रालयको यस्तो कामले जनताको काम प्रभावित रहेको भन्दै नगरपालिकाकी उपप्रमुख परनिया देबीले यस्तै अवस्था रहे नगरपालिकानै बन्द गर्ने चेतावनी दिएकी छिन् ।
संघिय मन्त्रालयको बिरोधमा अधिकास निर्वाचित जनप्रतिनिधि रहेकाछन् ।
पटक पटक प्रमुख प्रशासकिय अधिकृत फेर्ने कामले नगरको विकासमा बाधा पुगेको र कोरोना नियन्त्रणमा समेत समस्या भएको उनीहरुको भनाइ रहेको छ ।
सात दिनको फरकमा दुई जना र दश दिनमा एक जना प्रमुख प्रशासकिय अधिृकत परिबर्तन गरेपछि उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यले मन्त्रि ह्ृदेशत्रिपाठीको राजिनामा माग्दै बिज्ञप्ति निकालेका छन । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा पछि भोज बहादुर ऐडीको सरुवा गरिएको थियो ।
उनी पछि बैशाख ११ गते उपसचिब बिजय कार्कीको सरुवा गरियो । कार्कीले हाजिर गरेको एक साता बित्न नपाउदै जेष्ठ २८ गते मनोज रजक लाई मन्त्रालयले सो नगरपालिकामा खटाएको थियो । उनको पनि सरुवा भएपछि नगरउपप्रमुख परनीया देबी, वडानम्बर २ का अध्यक्ष राजकुमार साह, वडानम्बर ४ का अध्यक्ष राम प्रबेश प्रसाद कुर्मी, वडानम्बर ५ का अध्यक्ष अत्यानन्द प्रसाद उपाध्याय, वडानम्बर ६ का अध्यक्ष अनील कुमार झा, वडानम्बर ७ का अध्यक्ष जगरनाथ राय यादब, वडानम्बर ८ का अध्यक्ष हरीराम राउत सहित १५ जना कार्यपालिका सदस्यले मंन्त्रि त्रिपाठीको राजिनामा माग गरेका हुन । कोरोनाको सन्त्रास रोकथाम र नियन्त्रणको लागि प्रभाबकारी कदम चाल्नु पर्ने बेलामा मंन्त्रि त्रिपाठीले प्रमुख प्रशासकिय अधिृकत फेर्ने मात्र काम गरेर नगरपालिको भबिष्य माथि खेलवाड गरेको भन्दै बहुमत कार्यपालिका बैठकले मंन्त्रि त्रिपाठी लाई बर्खास्त गर्न प्रधानमंन्त्रि समक्ष बिज्ञप्ति मार्फत माग गरेका छन । संकटपुर्ण अबस्थमा समेत नगरपालिका अस्तब्यस्त रहेको बिज्ञप्तिमा जनाइएको छ ।
देबाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलले हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत माथि उपप्रमुखले अशोभनिय ब्यबहार देखाउदा छिटो परिर्बतन भएको बताए ।