गौर,१ असार / डिभिजन वन कार्यालय अन्र्तगतको बृन्दावन सव डिभिजन कार्यालय मातहतमा हरेक बर्ष बृक्षारोपणको नाममा लाखौं रकम स्वाह हुने गरेको छ ।
बृक्षारोपण एकै स्थान तीन बर्ष देखी एकै ठाउमा गरिदै आएको भएपनि उचित हेरचाह नभएका कारण बोट भने एउटा पनि उम्रेका छैनन् । बलेरीको चादी बगरमा हरेक बर्ष बृक्षारोपण हुने गरेको भएपनि त्यहा बिरुवा भने नउम्रने गरेको एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । सो स्थानमा बृक्षारोपण गरेर हालिएको तर र पोलनै गावय हुने गरेको भएपनि वन कार्यालयले यस बर्ष समेत सोही स्थानमा बृक्षारोपणको तयारी गरेको बताइएको छ ।
साहायक वन अधिकृत शोन्फी पासलवानको नेतृत्वमा गत सोल समेत सो स्थानमा बृक्षारोपण भएकोमा यस बर्ष समेत सोही स्थानमा लाखौको बिरुवा र तार पोल हाल्ने तयारी भएको स्थानीय बासिन्दाले बताएकाछन् ।
बलेरीको चादी खोला बगरमा गत साल डिभिजन वन कार्यालयले लाखौ रकम खर्च गरेर प्रदेश २ का कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख आतिथ्यमा लाखौको बिरुवा र पोल तार गाडेको थियो ।
सो एक बर्षमा सो स्थानमा एकथान समेत बिरुवा र पोल नरहेको एक कर्मचारीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । डिभिजन वन कार्यालय रौतहटले हरेक बर्ष बृक्षारोपणमा बर्षायाम सुरु भएपछि जिल्लाका बिभिन्न स्थानमा लाखौ रकमको बिरुवा रोप्ने गरेको भएपनि त्यो बालुवामा पानी हाले बराबर हुने गरेको स्वयम कर्मचारीहरुले बताउदै आएकाछन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले अवका दिनमा रोपियको बिरुवा संरक्षणमा वनले चासो दिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here