एजेन्सी ।
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पुर्याएको हो । जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरुको उमेर २४ वर्ष फरक छ । इन्स्टाग्राममा उनीहरुको तस्विर हेर्नेहरु मध्ये कतिपयले दिदी बहिनी भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी र ४३ वर्षकी आमाले पोज दिएर फोटो पोस्ट गर्ने गरेका छन् । उनीहरुको सम्बन्ध पनि साथीको जस्तै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । आमा एक स्कुलकी शिक्षिका हुन् । उनी घरमा बस्दा प्राय तातो सुप र चिया पिउछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here