जनकपुर,१ असार ।
प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७ र ०७८ का लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७र०७८ का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो। चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here