गौर,२ असार ।
रौतहटमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । जिल्लामा सोमबार थप ९८ जनामा संक्रमण भएको पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ६९ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका अनुसार सोमबार पुष्टि भएकाहरुमा इशनाथ नगरपालिकामा ३३ जना, यमुनामाई गाउँपालिकामा ४७ जना, राजपुर नगरपालिकामा ८ जना, राजदेवी नगरपालिकामा ९ जना र फतुवा बिजयपुर नगरपालिकामा १ जनामा रहेका छन् । पुष्टि भएका सबैजना हालसालै रोजगारी गरेर भारतबाट फर्किएर सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित पुष्टि भएकाहरुमध्ये केही बालबालिका पनि रहेका छन् । संक्रमित रहेका सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको र उनीहरुको जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । यसै बीच सरकारले सोमबारदेखी देशभरीको सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरेको छ । कोरोना भाइरस र लकडाउनका कारण ८३ दिनदेखी लगातार बन्द रहदै आएका देशभरीका सरकारी कार्यालय सोमबारदेखी खुलेपनि रौतहटमा धेरै भिडभाड हुने कार्यालयहरु बन्द नै रहेको छ । रौतहटमा बढदै गरेको कोरोना भाइरसलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको बढि चाप हुने कार्यालयहरुबाट तत्काल सेवा प्रवाह नहुने भन्दै सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत तथा नापी कार्यालयको सेवा प्रवाह नगर्ने जनाएको छ भने यी कार्यालयहरु बाहेक अन्य कार्यालयहरु भने सञ्चालनमा रहेको जनाएको हो । कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सेवाग्राहिको भिड रहने कार्यालयले तत्काल सेवा प्रवाह नगर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएकाले सामुदायमा फैलन सक्ने जोखिम रहेकाले भिडभाड रहने सरकारी कार्यालयको तत्काल सेवा प्रवाह नगर्ने सूचना जारी गरेको उहाँको भनाई छ । स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भएको आदेश बमोजिम अर्को आदेश नभएसम्मको लागि सेवाग्राहिको अत्याधिक भिडभाड हुने कार्यालयबाट तत्काल सेवा प्रवाह नहुने जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख छ । अन्य जिल्ला भन्दा रौतहट जिल्ला कोरोना संक्रमित हुनेमा अग्र स्थानमा रहेको छ । रौतहटमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय नाघिसकेको छ । यस जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगिसकेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here