चन्द्रनिगाहपुर,३ असार ।
प्रेस काउन्सील नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईको पहलमा बिपन्न ५ परिवारको घरमा छाना निमार्ण भएको छ ।
जनता आवास कार्यक्रम अन्र्तरगत नेपाल सरकारले सो बस्तीमा २१ घर निमार्ण गर्ने जिम्मा लिएको भएता अधुरै छाडेर गएको थियो । चेतनगरको दलित गाउका रहेका ५ वटा अधुरो घरको छाना केन्द्रिय सदस्य चौलागाईको पहलमा निमार्ण भएको हो । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तरगत बिगत ३ बर्ष देखी छानो बिहिन भएका घरमा छाना निमार्ण गर्न पहल गरेको केन्द्रिय सदस्य चौलागााईले बताए ।
घरमा छानो नभएको कारण स्थानिय ८५ बर्षिय गोपी माझीले ज्यान गुमाएको खबर सुनेपछि सो गाउका ५ वटा घरमा जस्ताको छाना निमार्ण गर्न आफुले पहल गरेको केन्द्रिय सदस्य चौलागाईको भनाइ छ । स्थानिय इन्दल माझी,लक्ष्मण माझी,अलुसिया माझी लगायत गरी ५ वटा घर निमार्ण गर्न बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निमार्ण गरेको चौलागाईले बताए ।
ति बिपन्न परिवारको छाना निमार्ण गर्न गृह मन्त्रालयका सहसचिब केदारनाथ शर्माले १५ हजार र आफुले १० हजार गरी गरिब परिवारले छानो मुनी बस्ने बाताबरण मिलाएको उनले जानकारी दिए । केन्द्रिय सदस्य चौलागाईले यस अघि घरमा छानो नभएको कारण पानीले भिजेर ज्यान गुमाएका गोपी माझीको काजक्रियाको लागी ६ हजार सहयोग गरेका छन् । केन्द्रिय सदस्य चौलागाई चन्द्रपुर नगरपालिका वाड नंं ९ सिन्धुरेघारी निवासी हुन । चौलागाइले सोमबार पनि त्यहाका बिपन्न परिवारका बालबालिकाहरुलाइ कापी कलम लगायतको स्टेशनरी बितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here