उपेन्द्र गोले,
चन्द्रनिगाहपुर,३ असार ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर(३ गैडाटारका स्थानिय चादी नदीमा सामान्य खोला आउदा समेत आवतजावत बन्द हुने गरेको छ । गत आर्थिक बर्ष २०७६÷७७ मा चन्द्रपुर नगरपालिकाले सो चादी खोला ठेक्का लगाएपछि खोलाको स्वरुप नै बदल्ने गरि सो खोलामा भएका गिट्टी बालुवा मापदण्ड विपरित उत्खलन गरेको भएतापनि स्थानिय सरकार तथा प्रशासनको बेवास्ताका कारण स्थानिय सामान्य बर्षा हुदा समेत आवतजावत गर्न नसक्ने भएका हुन । हिजो रातीदेखि निरन्तर परेको बर्षाले आज बिहानैदेखि चादी नदीमा बाढी आएको हो । तर सो खोला खासै भयनाक नभएपनि उक्त खोलामा भएको अत्याधिक उत्खलनले गर्दा गहिरो खाल्टोहरु बन्न पुगेपछि आवतजावतमा बन्द भएको स्थानिय हेम बहादुर तिमल्सिनाले बताए । विगतका बर्षहरुमा अत्याधिक बर्षा हुदा समेत सो बाटो हुदै आवतजावतमा कुनै समस्या नभएको अर्का स्थानिय कविराज गौतमले बताए । स्थानिय सरकार तथा नेता कार्यकर्ताले लाखौ कमाएका होलान तर हामी सर्वसाधरणले त्यसको प्रतिफल भोग्नु पर्दा मारमा परेको स्थानिय दिपेन्द्र न्यौपानेले दुखेसो पोखे । गैडाटारबासीलाई बैकल्पिक सडक निर्माण गरी आवतजावतमा सहजता ल्याउनु पर्नेमा स्थानियले माग समेत गरेका छन । बर्षा हुने शुरु भइसकेको र सोही खोलामा गैडाटारबासीको ज्यान समेत जान सक्ने भन्दै स्थानिय आक्रोसति भएका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देबकोटाले चादी नदी ठेक्का लगाएपछि बन्दै गरेको पुलबाट बर्षायाममा आवतजावतको प्रतिवद्धता गरेको भएतापनि हाल स्थानियहरु खोलामा सहज रुपले आवतजावत गर्ने समयमा कुनै वास्ता नै नगरि अहिले के बित्या छ र ? किन जानु चन्द्रपुर भन्ने जस्ता अब्यवहारिक तथा बेवारिने जवाफ आफुलाई दिएको स्थानिय शंकर न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here