गरुडा ,४ असार । रौतहटको बृन्दावन नगरपालिका वडा नं– ३ श्री माधमिक बिद्यालय बिश्रामपुरमा ३ वर्षीय शिबिल ईन्जिनियर पढाई हुने भएको छ । सो स्कुलमा प्रदेश २ का समाजिक बिकास मन्त्रालय तथा शिक्षा बिकास निर्देशनालयबाट रौतहटमा बिगत लामो समयदेखि समाजसेवामा लागेका तथा जनता समाज वादी पार्टीका स्थानिय नेता कन्थमनी प्रसाद जयसवालले पहल गरेर २५ लाख रुपैया“ ल्याएको हो । नेता जयसवालको पहलमा आएको सो बजेटले श्री माधमिक बिद्यालय बिश्रामपुरमा ३ वर्षीय शिबिल ईन्जिनियर पढाईका लागी दिएको नेता जयसवालले बताएका छन् । शिक्षा क्षेत्रमा रौतहट पछि पर्दै गएका कारण नेता जयसवालले प्रदेश २ का समाजिक बिकास मन्त्रालय तथा शिक्षा बिकास निर्देशनालयबाट पहल गरेर बजेट ल्याएर रौतहटको ग्रामिन भेगमा पर्ने बृन्दावन नगरपालिका वडा नं– ३ श्री माधमिक बिद्यालय बिश्रामपुर ३ वर्षीय शिबिल ईन्जिनियर पढाइ सुरु गर्ने भएको छ । बिश्रामपुरमा ईन्जिनियर पढाई हुने भएपछि बिश्रामपुरका स्थानिय अभिभावकहरु खुशी भएका छन् । सो गाउमा प्रदेश सरकारबाट बजेट ल्याएर पढाई सुरु गर्न लागेका जनता समाजवादी पार्टीका नेता कन्थमनि जयसवाललाई स्थानिय वासीन्दाले धन्यवाद समेत दिएका छन्् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here