मुम्बई ।
गएको आइतबार ३४ वर्षको उमेरमा बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको थियो । उनले घरमै आत्महत्या गरेका थिए । निधनपछि भारतमा दुई जनाले उनको नाम लिएर आत्महत्या गरेका छन् ।
मध्य प्रदेशको सागर जिल्लास्थित खुरईकी २० वर्षीय एक युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत छात्रले सुशान्तको नाममा आत्महत्या गरेका हुन् ।
युवतीले फासीमा झुण्डिनुभन्दा केही घण्टा अगाडि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भनेकी थिइन् । उनले किन आत्महत्या गरिन भन्ने खुलेको छैन । घरमा भाउजुसँग विवाद भएको बताइएको छ । खुरई थानाका एसआई सुरभि बिलथरेले फासी लगाएर मृत्यु भएकी युवतीबारे जाँच सुरु गरिएको बताए । शव पोस्टमार्टमका लागि पठाइएको छ ।
यता बरेलीका छात्रले भने टेलिभिजनमा सुशान्तको आत्महत्याको खबर सुनेर फासी लगाएर आफ्नो ज्यान गुमाए । छात्रले सुसाइड नोटमा ‘अभिनेता सुशान्त सिंह आत्महत्या गर्न सक्छन भने म किन सक्दिनरु’ भनेर लेखेका थिए ।
उनले सुसाइड नोटमा आफूमा तेस्रो लिंगीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो देखिन लागेको र यसै कारण मानिसहरुले आफ्नो मजाक उडाउँदै आएका थिए भन्ने पनि लेखेका छन् ।