जनकपुर, ५ असार । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको २४ जनाको शव आज नेपाल ल्याइदैँ छ । साउदी, कतार, कुवेत र युएई गरी चार देशमा विभिन्न कारणले ज्यान गुमाएका २४ जनाको शव नेपाल आउन लागेको हो । जसमध्ये प्रदेश २ का मात्र १० जनाको रहेको बताइएको छ । कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ?

कतारबाट 

१. महमुद अलमान मुसलमान, कपिलवस्तु  
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदीबाट

१.भैरब बहादुर बस्नेत
 

कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा
 

युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु

टुडेपाटीबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here