अशोक पहाडी ,चन्द्रनिगाहपुर,७ असार ।
रौतहटमा असारमा पनि खोला दोहन रोकिन सकेको छैन । रौतहटको गुजरा नगरपालिकामा पर्ने बकैया खोला उत्खनन गरिरहेको एक थान जेसीवी प्रहरीले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ ।
स्थानीयको चर्को बिरोध पछि जंगलसहिया प्रहरीले खोलाबाट सो जेसीवी नियन्त्रणमा लिएर गरेर वनमा बुझाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले तराई एकसप्रेसलाई जानकारी दिएकाछन् ।
स्थानीय ईटाभट्टा संचालक जितेन्द्र राउतले असारमा अबैध रुपमा खोला उत्खनन गर्न लगाइरहेको अवस्थामा उनकै जेसीवीलाई खोलाबाट प्रहरीले नियन्त्रणमा लिएर वनमा बुझाएको हो । गुजरा नगरपालिकाका उप प्रमुख रौशन खातुन शेखकी श्रीमान शेख बद्रुदिन स्वयम आफैले १० ओटा ट्याक्टर र जेसिबी सहित बकैया खोलाबाट नियम बिपरित ग्राभेल निकाल्न जेसिबी प्रयोग गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ! आर्थिक वर्ष सकिदै गर्दा उप प्रमुखका श्रीमान शेख बद्रुदिनले विकासका नाममा झारो टार्ने काममा सक्रिय भएको एक जना स्थानीयले नाम गोप्य राख्ने सर्तमा तराई एक्सप्रेसलाई बताएका छन् ! उनका अनुसार गुजरा वडा नम्वर-४ मा पर्ने कनकपुर पुर्व टोल देखि वडा नम्वर-५ लक्ष्मीपुर सम्मको सडक मर्मत गर्न ग्राभेल निकाल्न सो जेसिबी उप प्रमुखका श्रीमान स्वयम आफै लिएर गएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here