डा. मनोज ढकाल
योग तथा प्राकृतिक चिकित्सक
सम्मानीय प्रधानमन्त्री ज्युको कुरालाई लिएर बेसार र हाछ्यु बरेमा यति धेरै आलोचना ठिक हो त? के यो आलोचना गर्नेहरुले केही अध्यन गरेर बोल्नु भएको छ ? केहि कुरामा म असहमत भए पनि धेरै कुरामा सहमत छु। बेसारको गुणको बारेमा ज्ञान नभई उहालाई उडाउनु एकदम गलत कुरा हो। उहाँ यो देश को प्रधानमन्त्री पदमा हुनुहुन्छ, उहाँलाई सम्मान नगरे पनि नेपाली भएर आफ्नो प्रधानमन्त्रीको पदलाई सम्मान गर्नुपर्ने आम नेपाली कर्तव्य हो। वाक शोतन्त्रता छ भन्दैमा पद्को गरिमामयलाई नि खिल्ली उडाउने त ? हो गलतलाई गलत भन्नुपर्ने हुन्छ तर सहि कुरालाई नि अध्ययन नगरि खिल्ली उडाउने मुर्खता हो। अखिर कहिलेसम्म पक्षिमी सभ्यतालाई मात्र सहि मान्ने ? अब कुरा गरौं प्रधानमन्त्री र रास्ट्रपति ट्रम्पको उहाँहरुले भनेकै अधारमा hydrooxychloroquine लाई औषधीको रुपमा covid 19 को उपचार गर्न थालियो तर पछि BMJ र lancet जस्ता जर्नलले यो शरीरको लागि हानिकारक र मुटुको लागि समेत नराम्रो र उपचारमा केहि सहयोग नहुने र यस्ले झन मृत्यु हुने भने पछि बन्द गरियो । अखिर यो भेदभाव किन ? किनी की उहाँ नेपालका प्रधानमन्त्री हुनुहुन्छ । युरोप र ठुला देशका ब्यक्तिले जे बोल्दा नि सहि हुने र गरिब देशका ब्यक्तिले सहि कुरा बोल्दा पनि गलत हुने ? यो मानसिकता पहिला त हामी नेपालीले हटाउन जरुरी छ। जहाँसम्म प्रधानमन्त्री ज्युले भन्नु भएको बेसारको सहि पर्योग गर्यो भने र तातोपानी र हाछ्यु गर्यो भने कोरनासँग लड्न मद्दत गर्छ यो सत्यता हो ! बेसारको गुणको बारेमामा चर्चा म पछि गर्ने नै छु ! पहिला त हाछ्युले के गर्छ यसको बारेमा कुरा गर्छु, यसलाई शीररको रक्षापंक्तिको दोस्रो लाइन नि भन्निछ। यसले घाँटी र फोक्सोमा भरिएका फोहोर र किटाणुलाई बाहिर फ्याक्ने मद्दत पुर्याउछ साथै फोक्सोको शक्ति नि बढाउछ ! ज्वरो, हाछ्यु, पखाला, उल्टि जस्ता लक्षण शरीरको प्रतिरक्षा प्रणालीको प्राकृतिक प्रक्रिया हुन् ! त्यसैले यस्ता लक्षणलाई औषधीको प्रयोगले दाबाउने होईन बरु किन भएको थाहापाएर उपचार गर्न जरुरी छ । आम मानिसलाई चिकित्सा संकट र रोग संकटको बारेमा थाहा नहुनाले नि समस्य बढ्दो छ। अग्रेजी मा एउटा भनाई छ – “Supression leads to suffer” हो रोग त अब यहाँबाट सुरु हुन्छ जब हामीले रोगलाई उपचार नगरेर लक्षण दबाउन खोज्छौ ! अब बेसारको बरेमा कुरा गरौं। बेसार एउटा अचुक औषधी हो यसमा कुनै दुबिधा छैन ! बेसार र यसको फाईदाको बारे विभिन्न जर्नलमा प्रमाणित भएका अध्ययनले नि देखाउने छु ! प्रधानमन्त्री ज्युले बोलेको एउटा कुराले त उहाको सम्मान बढेर आएको छ ! रगत पात्लो बनाउने कुरा जो सबैलाई थाहा नभएको कुरा हो। केहि त ज्ञान भएर बोल्नु भएको हो। उहाँले जण्डिस बाहेक अरु भन्नु भएका कुरा सबै सही हुन । बेसारले जण्डिस बनाउदैन यो त उपचार गर्छ अझै भनौं भने कलेजोको कुनै पनि समस्यलाई एक्दम उपोयोगी पनि छ । जण्डिस त एउटा लक्ष्यण हो जुन कलेजोको खराबीले हुने हो। बेसारले त मेटाबोलिक रेट बढाउछ। बेसार त एन्टि अक्सिडेन्ट, एन्टिभाइरल,एन्टि इन्फलामेटे जस्ता कयौं गुण हुन्छ्न। यस्ले त कलेजाको काम गर्ने शक्ति र बाईल उत्पादन जस्ता काममा राम्रो गर्छ। त्यसैले कलेजोको रोगीले बेसार पर्योग गर्दा फाईदा हुदैन । यो कुरा विभिन्न जर्नलले प्रकाशित गरिसकेको छ। खै किन बेसारलाई नखाने भनियो थाहा भएन तर यो सत्यता हो बेसारले सुगर, प्रेसर, मोटोपन, मुटुरोगी, पार्किन्सोनिसम जस्ता कयौं रोगको लागि राम्रो हुन्छ। बेसार दैनिक ५०० देखि २५०० एम.जि सम्म पर्योग गर्दा फाईदाजनक हुन्छ ! अब बेसार र कोरना र भाईरसको बारेमा कुरा गरौं । विभिन्न भाईरल रोगमा बेसार उपयोगी भएको कुरा विभिन्न जर्नलमा उल्लेख गरिएको छ। बेसारको धेरै उपयोगता हुदाँहुदैँ पनि यति बिरोध किन त ? घरमा भएको विभिन्न अमृत जस्ता जडिबुटीलाई घृणा गर्नु भन्दा उपयोग गरे घाटा के छ त ? आखिर् हामीले जे कुरामा पनि विदेशीले बनाएको र भनेको कुरामा आँखा चिम्लेर बिश्वास गर्छौ ! औषधि नखानुस भन्ने होइन तर यसको अर्थ औषधीसँगै घरमा भएका उपयोगी घरेलु जडिबुटीलाई प्राथमिकता नदेउ भन्ने होइन ! औषधी भन्सा मै हुन सक्छ त्यता नि ध्यान दिन आवश्यक छ । त्यो कुरालाई किन मतलब नगर्ने भन्ने कुरा हो। प्रकृति आफैँ एउटा ठुलो चिकित्सक हो। हाम्रो शरीरमा भएका कति रोग त प्रकृतिले अफै ठिक परेको हुन्छ । वास्तवमा स्वास्थको परिभाषा नै फरक छ भन्छु म त। कुनै पनि रोग नभएको अवस्था लाई स्वास्थ भन्निछ रे। वास्तबमा स्वास्थ किन भए त त्यो कुरा मा ध्यान नदिने । कुनै रोग किन भएन ? स्वास्थ भनेको त वास्तवमा केही कुरा हुनु हो। जस्तै कि प्रतिरक्षा, शरिरमा प्रतिरक्षा हुनु नै स्वस्थ हुनु हो। त्यसैले रोगसँग लड्न शरीरमा प्रतिरक्षामा काम गर्ने विभिन्न जस्तो कि ईम्मुयुन प्रक्रिया, अन्जियोजेनेसिस, डि.एन.ए . प्रोबायोटिक्स,स्टिम सेलहरुलाई सक्रिय बनाउनु र कायम गरेर राख्नु हो। यो त्यति बेला कायम र सकृय हुन्छ जति बेला हामीले स्वास्थ जिबनशैली अपनाउछौँ । प्रधानमन्त्री ज्युले स्वास्थ जिवनशैली अपनाउ भन्दा किन यति बिरोध ? हो अहिलेको यो संकटमा सरकारबाट विभिन्न कमजोरी भएको छ। त्यो कुरा उठाउनु पर्छ । कोभिड -19 रोकथाममा सरकार चुकेको छ । हामीले यो कुराको बिरोध गर्नु पर्छ । तर सहि कुराको होइन । प्रकृतिले बिनाश निम्त्याएको छ भने यसको समाधान पनि प्राकृतिमा नै छ। देर छ अन्धेर छैन। प्रकृतिले ढिलो काम गर्छ मानिसले बनाएका विभिन्न औंषधीले भन्दा तर असर गर्दैन । शरीरलाई आफ्नो काम गर्न ढिलो हुन्छ जबर्जस्ती गराईएको भन्दा ! अब कुरा गरौ अहिले चर्चा मा चलेको औषधि Dexamethasone एक स्ट्रोराईड जो क्यान्सर रोगको लागि पनि पर्योग गरिन्छ । यसको साईड इफेक्टबाट शरीरलाई ठिक हुने ६ देखि १ वर्ष लाग्छ । विभिन्न अङ्गहरुलाई असर गर्छ साथै यसले शरीरको प्रतिरक्षा प्रणालीलाई नै कम्जोर गर्छ तर यसको नि प्राकृतिक विकल्प छ कि नाई कसैले मतलब गर्न खोज्दैन । ठिक छ dexamathasone प्रयोग गर्नुहोस् । यसको साथै प्राकृतिक बिकल्प छ भने प्रयोग गर्दा बेफाइदा त छैन नि बरु फाईदै छ । किन प्रकृतिक उपचारलाई हामी पूरा नकार्ने ? १४ जून २००३ द ल्यान्सेटको मुद्दामा उद्धृत गरिएको एउटा अध्ययनमा जर्मन अनुसन्धानकर्ताहरूले पत्ता लगाए, ग्लाइसिरिझिन, लाइकोरीस (मुलेथि)जराको एक सक्रिय तत्व, सार्स भाइरसको बिरूद्ध सार्स लाई मार्न र उसको प्रजनन रोक्न (प्रयोगशाला मा गरेको अध्ययन) उल्लेखनीय रूपमा चार भन्दा बढि अग्रणी एन्टिवाइरल औषधी भन्दा उपयोगी मानिएको थियो ! अहिले हामीले मुलेथी उपचारमा प्रयोग कि नर्गर्ने त ? लिभरपुल अस्पतालमा भएको अध्यनले dexamethasone लाई सालकी (एउटा बनस्पति ) एक विकल्प मानेको छ। यदि त्यस्तो हो भने हामीले सालकीलाई किन उपयोगमा नल्याउने ? अब कसैले सालकी पर्योग गरौं भने पछी बिश्वास नगर्ने ? हामी नेपालीको बानी यस्तो भैसकेको छ कि जब कुनै बिदेशीले नभन्दा सम्म त्यो कुरा मान्दैनौ । पहिलोको जमनामा ऋषिमुनीहरुले जडिबुटी बनस्पतिको प्रयोग गरेर उपचार गरेका नै हुन। यिनीहरुकोको सहि उपयोगले शरिमा कुनै बेफाइदा नि गर्दैन । त्यसैले आधुनिक उपचारसँगै यी पुराना विधि र प्राकृतिक पद्धतिहरु अपनाउदा धेरै राम्रो हुन्छ ! Let food be thy medicine- Hippocrate( father of medicine. आहार नै औषधि हो। सहि आहार खानु स्वस्थ रहनु प्रमुख कारण हो । त्यसैले स्वास्थ रहनुमा सहि आहाराले नि फरक पार्दछ। गलत जिबनशैली रोगको मुल कारण हुन। यो कुरालाई प्रमाणित गर्न धेरै टाठा जानू पर्दैन । २०१६ र १७ का नोबेल प्राईज बिजेतालाई हेर्न सक्छौ । अटोफ्याजि ( उपवास ले कसरी अट्फ्याजि गराउछ र क्यान्सर सम्म उपचार को लागि सहयोग गर्छ), अर्को नोबेल पराईज सिकर्डियन रिदम जो कि दिनचर्या सही समयमा गर्नु पर्ने । दैनिक अनुशासन कै बरेमा नै छ । अत्मविश्वासले कसरी रोगसँग लड्न मद्दत गर्छ भन्ने कुरामा त विभिन्न पेलेसिबो इफेक्टको अध्ययनबाट नै थाहा हुन्छ । एक अध्यन ले मोर्फिन (सबैभन्दा असरदायक दुखाई कम गर्ने औषधी) भन्दा पनि मोर्फिनको नाम दिएर दिएको औषधिले काम गरेको र सोही मोर्फिनले काम नगरेको देखाएको छ । दिमाग नै सबै भन्दा बढी सत्रु र मित्र हो ! सकारात्मक सोचुनुहुन्छ सकारात्मक परिणाम पाउनुहुन्छ। नकारात्मक सोच्नुहुन्छ नकारात्मक परिणाम पाउनु हुन्छ। प्रधानमन्त्री स्वयम् आफै नि एउटा उद्दाहरण देख्छु म त आत्मबलको भरिपुर्ण ब्यक्ति । रोगसँग लड्न सबै कुरा मिल्न जरुरी छ।त्यसैले सबैलाई साथमा साथ लागेर उपचार गर्न जरुरी छ।