गौर,७ असार / गौर अस्पताल संचालक समितिका अध्यक्ष शेख जम्सेदले गौर अस्पतालमा कुनै प्रकारको अनियमिता नभएको बताएका छन् ।
बिगत केही दिन देखि समाजिक संजालमा गौर अस्पतालमा प्रदेश सरकारबाट आएको रकम हिनामिना भएको भन्दै आलोचना भएको बिषयमा जम्सेदले तराई एक्सप्रेससंग कुरा गर्दै त्यस्तो नभएको दाबी गरेकाछन् ।
सदरमुकाम गौरमा रहेको जिल्ला अस्पतालको उपकरण खरिद र भौतिक पुर्बाधार निर्माणको रकममा अनियमितता भएको भन्दै स्थानीय सुधिर श्रीबास्तबले सुचनाको हक प्रयोग गर्दै बिबरण माग गरेका छन । जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेंडेंट कृष्ण साह लाई सुचनाको हकको निबेदन दिदै अस्पतालको सम्पुर्ण आय ब्याय बिबरण ( टिकट, चेकजाच, क्यान्टिनको भाडा, एम्बुलेन्सको भाडा समेत ), प्रदेश सरकार बाट प्राप्त अनुदान रकम के कति रहेको र सो कुन कुन शिर्षकमा के कति खर्च भएको सो को बिबरण, अस्पताल ब्यबस्थापन समितिको अध्यक्षको कार्यकक्ष बनाउन के कति खर्च भएको बिबरण, अस्पतालको बिकास निर्माणका कार्यहरुको कुन प्रक्रिया बाट कति खर्च भएको, आमा सुरक्षा बापतको रकम के कति प्राप्त भएको हाल सम्म कतिले बुझेको बिबरण, अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल ब्यबस्थापन समितिको अध्यक्षको सेबा सुबिधाको खर्च बिबरण उपलब्ध गराउन भनिएको छ । प्रदेश सरकारले जिल्ला अस्पताल गौरको व्यवस्थापन सुधार, तथा उपकरण खरीदको लागि पठाएको रकम खर्च नगरी फ्रिज गराउने र निर्माण कार्यमा बढि लागत देखाएर अनियमितता गरेको आरोप स्थानीय युबाहरुको रहेको छ । गौर अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष जम्सेदले प्रदेश सरकारबाट रकम आउनै ढिला भएका कारण समयमा खर्च गर्न नसकियको समेत बताएकाछन् । उनले आफुले अस्पतालको अध्यक्षको जिम्बेवारी सम्हालेपछि अस्पतालमा सुधार आएको समेत दावी गरेकाछन् । उनले गौर अस्पतालका लागि आरोप लगाए अनुसारको पैसा नआएको र तीन करोड रकम आएको समेत बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here