कटहरिया,७ असार

पछिलो केही दिनदेखी पटक—पटक आएको बाढीले रौतहट स्थित बौधिमाई नगरपालिका ३ मटीअर्वा गाउ“छेउ नजिक लालबकैया नदीको बांध कटान सुरू गरेको छ ।
गतवर्षमा भीषण बाढीको कारन भत्किएको बाँध मरमत गरेको ४ महीना न बित्दै पुन.ं कटान सुुरुहुँदा स्थानियहरु त्रसित बनेका हुन ।
नदी नियंत्रण कार्यालयको निगरानीमा उपभोक्ता समिति मार्फत मरमत गरिएको उक्त बांध झण्डै डेढसय मिटर सम्म मीटरको हाराहारीमा अहिले क्षती पुुगेको छ ।
बास पाइलिंग गरेर माटो पूरी पुनर निर्माण गरिएको बांध वर्षाको मौषम आउनु अघिनै कटान सुुरुहुुंदा ठुुलो बाढीमा बाँधनै भत्किने जोखिम रहेको स्थानीय वडा अध्यक्ष श्रीभगवान पटेलले बताएका छन ।
बांध मर्मतमा बाँस पाईलिंगको सटा जाली सहीतको बोल्डर राख्न नसकेको कारण सामान्य पानीको बेगले कटान सुुरुभएको अध्यक्ष पटेलको भनाइ छ । परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले बांध भत्किएमा सो क्षेत्रको दर्जन बढी गाउ“ डुुबानमा पर्ने खतरा रहेकाले तत्काल ठोसरुपमा मर्मतको आवश्यक्ता रहेको बताएका छन ।
लालबकैया बागमती नदी नियंत्रण कार्यालयको लापरवाहीले लालबकैया नदीको बांध कमजोर भएको नगर प्रमुख वकिलले आरोप लगाए ।
नदी नियन्त्रण कार्यालयको लापरवाहीको कारण रौतहटबासीले बर्सेनी मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको उनले गुनासो गरेका छन् ।
बर्षभरी चुपलागेर बस्नुु र बाढीको सिजनमा बांध मर्मतमा ध्यानजाने गरेको कारण बाढीको समस्या भोग्नु परेको स्थानियहरुको गुनासो रहेको छ ।
लालबकैया,बागमती गनी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तव संग सम्पर्क गर्न खोज्दा उनको मोबाईलको स्विच अफ बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here