जनकपुर,८ असार । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैया पुगेको हो ।
आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारकालागि महासंघले चाँदीको भाउ भने ९४० रुपैया तोकेको छ । चादीको भाउ शुक्रबारको तुलनामा १० रुपैया तोलामा बृद्धि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here