रुपेन्द्र पटेल,९ असार ।
कोरोना भाइरस रोकथामका लागी नेपाल सरकारले गत चेत्र ११ गते देखि गरेको लकडाउन (अर्थात) बन्दाबन्दीका कारण तराई मधेशमा रोकिएको बैवाहिक कार्यहरु धमाधम हुन्थालेको छ । सरकारले लकडाउन खुकुलो परेपछि रौतहटको ग्रामीण तथा सहरी भेगमा चैत यता हुने बैवाहीक कार्यहरु धमाधम सुरु भएको देखिएको छ । तराईमा दाइँजो लेनदेन गर्ने चलन रहेकोले बैशाखको पहिलो हप्तामा बिवाह हुने केटी पछले केटापछलाई किमेल गर्न चैतको पहिलो हप्तामा पैसा (अर्थात) दाइजो दिसके पछि लकडाउन भएका थिए ।
दाइजो दिसकेका र सो पछि लकडाउन हुँदा केटी पछका अभिभावकहरु चिन्तित बनेका थिए तर केही दिन देखि सरकारले लकडाउन खुकुलो परे पछि तराई मधेका जिल्लामा धमाधम बिवाह कार्य भइरहेको छ ।