चन्द्रपुर,१३ असार । रौतहटमा हजारौँको संख्यामा सलह किराको समूह प्रवेश गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी सिमा मकवानपुरको बकैया—१ महादेव डाडा हुँदै चन्द्रपुर—३ अन्तर्गत भोलुम्टार, इपिल, अरुणवस्ती, लमाह हुँदै गुजरा—२ कटानी बजारमा समेत शनिबार बिहानै आकाशमा सतहको समूह  रौतहटमा प्रवेश गरेको हो । 

शनिबार बिहानै बकैया—१ को महादेवमा हजारौँको संख्यामा आकाशमा उत्तरी क्षेत्रबाट प्रवेश गरेको र मकै बालीमा बसेकोले मकै सखाप पार्न सक्ने भन्दै स्थानीय आशिष तामाङले चिन्ता व्यक्त गरेका छन् । 

सलह मकैमा बसेपछि सखाप पार्ने त्रास बढेको महादेवकी कान्छीमाया तामाङले बताइन ।

रौतहटको गुजरा—२ कटानी बजार क्षेत्रमा पनि सलह किरा देखिएको गुजराका स्थानीय राजु बल तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here