गौर,१६ असार / बाल पोषणका लागि सरकारले दिने पैसाले रौतहटका केही स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी आफै पोसिने गरेको समाचार बाहिर आउन थालेको छ । रौतहट जिल्लाको १८ स्थनिय तहमा १० हजार भन्दा बढी दलित बालबालिकाहरुका लागी सरकारले बर्षेनी उपलब्ध गराएको ५ करोड भन्दा बढी बालपोषण भत्ताको रकम उपलब्ध गराउदै आएका छ । जिल्लाको १८ स्थानीय तहका जन्म भए देखि ५ बर्ष सम्मका बालबालिकाहरुको लागि बालपोषण भत्ता सरकारले उपलब्ध गराउदै आएको छ ।
सरकारले सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दई जनासम्म बालबालिकाले पोषणभत्ता पाउने व्यवस्था छ । तर, रौतहट जिल्लाको दुर्गा भगवती गाउपलिकाका चार हजार भन्दा बढी बालबालिकाहरु बिगत १४ महिना देखी पोषण भत्ता पाउन बाट बन्चित भएका छन् ।
तर स्थानीय तहको बेवास्ताका कारण दुर्गा भगवती गाउपलिकामा १४ महिना देखि पोषण भत्ता वितरण भएको छैन् । यस गाउपालिकाका करिब ४ हजार बालबालिका पोषण भत्ताबाट बञ्चित भएका हुन् । समयमा भत्ता उपलब्ध नभएका कारण बालबालीकाले पोषिलो आहार खान पाएका छैनन् । भत्ताका लागि चाहिने रकम गाउपालिका कार्यालयले उपलब्ध नगराएका कारण भत्ता वितरण हुन सकेको छैन् । जसले गर्दा लकडाउनमा रोजगार गुमाएका अभिभावक माथि मार माथि मार परेको छ । सरकारले लागु गरेको अनलाइन प्रक्रियामा लकडाउनमा कर्मचारी नआएका कारण बालबालिकाको तथ्याँक राख्न ढिलाई भएको भत्ता वितरणमा समस्या आएको प्रमुख बताउछन् । मानव विकास सूचकांकमा पछि परेका जिल्लाका बालबालिकालाई सरकारले स्थानीय तह मार्फत मासिक चार सय रुपैया पोषण भत्ता दिदै आएको छ । सरकारले दिने सुविधाबाट त्यस्ता परिवारलाई वञ्चित हुन् नदिनको लागि आबश्यक पहलको आबस्यकता देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here