चन्द्रपुर,१६ असार / धान रोप्ने समयमा समेत मलखाद्य नपाएको रौतहटका उत्तरी भेगका किसानले गुनासो गरेकाछन् । कृषि सामाग्री कम्पनी शाखा चन्द्रनिगाहपुरमा रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल आपुर्ती समिति रौतहटको निर्णयबाट नबांडन भनेपछि जिल्लाका किसान थप मारमा परेकाछन् ।
सो मल पहिला स्थानीय कृषि सहकारी मार्फत बितरण हुदै आएकोमा अहिले आएर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको आपुर्ती समिति रौतहटको निर्णयबाट कृषि सामाग्री कम्पनी शाखा चन्द्रनिगाहपुरबाट सो मल रौतहटका सबै स्थानीय तहलाई बराबर दिने निर्णय भएपछि किसानले समयमा मलखाद्य नपाएका हुन् । १२७ वटा सहकारी मार्फत यसभन्दा पहिला बितरण भएको बल एकाएक कृषि सामाग्री कम्पनी शाखा चन्द्रनिगाहपुरले रोक लगाएपछि किसान थप मारमा परेको चन्द्रपुर ९ का सहकारी संचालक तथा किसान लोकनाथ पहाडीले गुनासो गरे ।
रौतहटको उत्तरी भेगका किसानले सहज रुपमा मल नपाएको बेला कृषि सामाग्री कम्पनी शाखा चन्द्रनिगाहपुरले सहकारी मार्फत मलखाद्य पाउने चन्द्रपुर ८ का किसानलाई समस्या भएको स्थानीय किसान राजन तिमलसिनाले बताए ।
पछिल्लो समय मलखाद्य सहकारी मार्फत ब्यापारीको पसलमा गएको गुनासो आएपछि रौतहटका १८ वटै स्थानीय तहमा समानुपातीक हिसावले बांडका लागि आपुर्ती समितिले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत किरणनिधि तिवारीले बताए ।
स्थानीय तहले सिफारिस गरेका सहकारी मार्फत स्टोक रहेको मलखाद्य बितरण गर्न आपुर्ती समितिले निर्दैसन दिएको कृषि सामाग्री कम्पनी शाखा चन्द्रनिगाहपुरका प्रमुख रवीकुमार केशरीले जानकारी दिए ।
समानुपातीक हिसावले मलखाद्य सबै नगरपालिकालाई दिदा ठुला स्थानीय तहका किसानले मलखाद्य नपाउने अवस्था रहेको सहकारी साना किसान कृषि सहकारी संस्था सन्तपुरका अध्यक्ष ध्रुव कोईरालाको भनाइ रहेको छ ।

मलखाद्य महंगोमा बेच्ने पक्राउ
कृषि सहकारीका नाममा मल खाद्य लगेर कालोबजारी गर्ने एक जनालाई रौतहट प्रहरीले फक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाडनं १ मा रहेका ३ वटा कृषि सहकारीको नाममा चन्द्रनिगाहपुरमा रहेको कृषि सामाग्री कंम्पनीबाट मल खाद्य लगेर महंगोमा कृषकलाइ बिक्रि गर्ने चन्द्रपुर १ बागमतीका सत्यलाल साहलाई केही दिन पहिला ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
चन्द्रपुर १ बागमतीमा रहेको बागमती बचत तथा ऋण सहकारी ,श्रृजनसिल कृषि सहकारी र उन्नतीसिल महिला कृषि सहकारी संस्था र वडानं १ को सिफारिसमा कृषि सामाग्री कंम्पनीबाट सेटिङमा मलखाद्य लगेर राहुल खाद्य स्टोर्स बागमतीबाट महंगोमा बिक्रि बितरण गर्ने साहलाई प्रहरीले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखेको छ ।
पक्राउ परेका साहलाई कालोबजारी एैन अन्र्तगत कार्वाहीको प्रक्रिया अगाडी बढेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी तराई एक्सप्रेसलाई दिइएकाछन् ।सहकारीको नाममा मलखाद्य लगेर किसानलाई चर्को मुल्यमा बेच्नुका साथै मकवानपुर सम्म कालोबजारी गरेको गुनासोका आधारमा साहलाई पक्राउ गरेको डिएसपी शाहीले बताए ।कृषि सामाग्री कंम्पनीबाट मल कालोबजारीलाई दिन सिफारिस गर्ने तीन वटै सहकारीलाई समेत कार्वाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here