रुपेन्द्र पटेल ,गौर,१६ असार / रौतहटमा क्वारेन्टिन बाहिर कोरोना संक्रमण पुष्टि भएपनि रौतहटको हाट बजारहरुमा भिडभाड कायमै रहेको देखिएको छ । जिल्लामा दुई वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपनि जिल्लाको सहर बजारमा मानिसको आवगमनमा कमि हुन सकेको छैनन् । जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया, सपनपुर, बसन्तपुर, चन्द्रनिगाहपुर लगायतका सहर बजारको पसल तथा बैंक मानिसको भिडभाड कमि नभएको हो । जनतासंग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरूमा संक्रमण भएपछि कोरोना पुष्टि भएको नगरपालिकालाई सिल गरिएको बाहेक अन्य कुनै काम रौतहटका प्रशासनले गर्न सकेका छैनन् । क्वारेन्टिन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु गम्भिर चिन्ताको विषय भएपनि रौतहटमा खासै सजकता न अपनाएको देखिएको छ । सामुदायमा कोरोना संक्रमण आईसकेको र सजकता तथा सचेत न हुदा पछि कोरोना भाइरस अनियन्त्रीत हुन सकने बुद्धि जिवीहरुको भनाई रहेका छन् । क्वारेन्टिन बाहिर कोरोना संक्रमण पुष्टि हुनथाले पनि रौतहटमा होटल, बैंक, फलफुल पसल, लगाएत सहर बजारका अधिकांश पसलहरु खुल्ला तथा मानिसको भिडभाड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here