गौर,१८ असार । जिल्लाको मौलापुर नगरपालिका वाडनं ६ ले गर्भवती महिलाका लागि पौष्टिक आहार बितरण गरेको छ ।
सो वडाका वडा अध्यक्ष उपेन्द्र जयसवालले एक कार्यक्रमका बिच वडा भरीका गर्भवती महिलाका लागि अण्डा ,हर्लिक्स लगाएतका पौष्टिक खानेकुरा बितरण गरेका हुन । उनले आफ्नो वडामा रहेका सबै गर्भवती महिलाका लागि वडाले आफ्नो बजेटबाट यस्तो खानेकुरा बितरण गरेको र यो कार्य निरन्तर रहने समेत जानकारी दिए ।