रौतहट,२० असार ।चन्द्रनिगाहपुरमा रहेको ओम शान्तिको भवन जाने बाटोमा पानी जमेका कारण सो टोलका बासिन्दा समस्यामा परेकाछन् ।
चन्द्रपुर नगरपालिका तथा सांसद विकास कोषबाट ओम शान्तिको भवनका लागि रकम बिनियोजन हुने गरेको भएपनि सो बाटोको बिषयमा कसैले ध्यान नदिएका कारण समान्य एकझर पानीमा पनि बाटोमा घुडाघुडा सम्म पानी जमेका कारण आवत जावतमा समस्या भएको स्थानीय युवा पुरुशोत्तम घिमिरेले तराई एक्सप्रेसलाई जानकारी दिए ।