रौतहट,२० असार । चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रनिगाहपुर देखी बालचनपुर सम्म सडक बिभागले सडकको दुबै किनारामा खानेका कारण आवत जावतमा समस्या भएको छ ।
असारकै बेला सडक बिभागले रकम सक्नका लागि सो सडकको दुबै किनारामा खनेका कारण साना सवारी साधान र मोटर साईकल चालकलाई आवत जावतमा समस्या भएको गुनासो बढदै जान थालेको छ ।
सडकको दुबै किनार खनेको र ज्यानमारा टिफरको चाप समेत बढीहुने भएका कारण साना कार ,मोटर साईकल ,साईकल चलाउन तथा साइड दिन समस्या भएका कारण सर्बसाधारणको ज्याननै धरापमा पर्ने काम सडक बिभागले गरेको स्थानीय बासिन्दा तथा सवारी चालकहरुको भनाइ रहेको छ ।