वीरगन्ज,२० असार वीरगन्जमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले शनिबार प्रदर्शन गरेका छन । नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन । स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएको बताएका छन् । प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here