चन्द्रपुर,२१ असार / साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर उत्कृष्ठ सहकारीका रुपमा पुरस्कृत भएको छ ।
चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा रहेको साना किसान कृषि सहकारी संस्थालाई सहकारी व्यावसायको माध्यमबाट सहकारीका सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्दै कृषि क्षेत्रको प्रर्वधनमा योगदान पु¥याए वापत नगद २० हजार सहात सम्मन पत्र प्रदान गरिएको छ ।
९८ औ अन्र्तराष्टि सहकारी दिवसका अवसरमा शनिबार राष्ट्रिय सहकारी महासंघले राजधानी काठमाण्डौ आयोजना गरेको एक कार्यक्रम साना किसान कृषि सहकारी सन्तपुरलाई सम्मान गरिएको हो । प्रदेश नं २ कै उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार सहित नगद बिस हजारले सम्मान गरिएको साना किसान कृषि सहकारी संस्था ली सन्तपुर अध्यक्ष ध्रुव कोइरालाले जानकारी दिएका छन् ।

भुमी ,सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सो पुरस्कारद्धारा सम्मान गरेको साना किसान कृषि सहकारी संस्था ली उपशाखा चन्द्रनिगाहपुरका संचालक प्रमोद चौधरीले बताए ।
सन्तपुरमा प्रमुख कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाले चन्द्रपुर नगरपालिकाका बिभिन्न वडामा उप शाखा मार्फत बिभिन्न सेवा प्रदान गर्दै आएको छ । रौतहट जिल्लामै नमुना कृषि सहकारीका रुपमा रहेको सो संस्थाले यसभन्दा पहिला समेत उत्कृष्ट सेवा प्रदान गरे वापत बिभिन्न सरकारी निकायबाट पुरस्कार पाईसकेको संस्थाका प्रबन्धक मनोज चौधरीले जानकारी दिएका छन् । सो पुरस्कार लिनका लागि अध्यक्ष सहितको एक टोली राजधानी काठमाण्डौ गुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here