जनकपुर,२२ असार । पैसा असुल्नका अस्पतालले कस्तो सम्म नाटक गर्छन भन्ने कुराको एक उदाहारण फेला परेको छ । जनकपुरको धनुषा अस्पतालले बच्चाको मृत्यु भइसकेपछि पनि पैसाका लागि तीन दिनसम्म उपचारको नाटक गरेको खुलेको छ । रेल्वे स्टेशन प्रहरी चौकी अगाडी रहेको धनुषा अस्पतालले यस्तो चरम लापरबाही गरेको हो । धनुषाकै सबैला नगरपालिका ठिल्लकी चन्द्रकला साहले बुधवार सांझ सो अस्पतालमा भर्ना भई बच्चा (छोरा) जन्माएकी थिइन् । तर अस्पतालले बच्चाको अवस्था ठीक नरहेको भनेर आइसीयुमा राखेको थियो। आइसीयुमा लगिएको बच्चाको मृत्यु भएपनि जीवितै रहेको जानकारी अस्पतालले दिएको थियो । तर चन्द्रकलालाई भने दुई दिनसम्म बच्चा हेर्न दिएको थिएन । चन्द्रकलाले विहिबार र शुक्रबार पटक(पटक बच्चा हेर्न खोजेकी थिइन तर अस्पताल प्रशासनले हेर्नै नदिएपछि उनले बलजफ्ती गरेरै भएपनि हेर्ने प्रयास गरेकी थिइन । त्यसपछि अस्पतालले टाढैबाट बच्चा हेर्न दिएको थियो । तर शनिबार फेरि अस्पतालले चन्द्रकलालाई बच्चा हेर्न दिएको थिएन । आइतबार डिस्चार्ज गर्ने भनिएको बच्चालाई अघिल्लो दिनसमेत हेर्न नदिएपछि चन्द्रकलाले झ्यालबाट लुकेर हेरेकी थिइन । त्यतिखेरै उनले बच्चाको निधन पहिले नै भइसकेको थाहा लागेको बताएकी छिन । बच्चाको मृत शरीर देखेपछि चन्द्रकला रुन(चिच्याउन थालेपछि उनका श्रीमान्रु विजय साहले पनि घटनाबारे जानकारी पाएका थिए । मृत्यु भइसकेको बच्चालाई उपचारका नाममा तीन दिनसम्म आइसीयुमा राखेको पत्ता लागेपछि अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको छ । अस्पताल प्रशासनले उपचारका लागि बच्चालाई आइसीयुमा राखिएको, तर आइतबार मात्रै ती बच्चाको मृत्यु भएको दावी गरेको छ । बच्चाको मृत्यू भइसक्दा पनि अस्पतालले औषधी खरिद गर्न लगाएको पीडित परिवारको दावी छ । पीडित परिवारले बच्चाको शव बुझ्न अस्वीकार गरेका छन् । बुवा विजय साहले अस्पतालमाथि कारबाही र क्षतिपुर्ति माग गरेका छन् । पीडित परिवारले माग पूरा नभएसम्म बच्चाको लाश नबुझ्ने अडान लिएका छन ।