अशोक पहाडी
रौतहट,२२ असार ।
जिल्लाको चुरे फेदीको गाउमा बिगत लामो समय देखी काचा सालका रुख कटान तिब्र रुपमा भएको स्थानीयले बताएकाछन् । लाकडाउनको समयमै करिव ७० वटा काचा रुख कटान भएको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडानं ३ को महा“देव डाड स्थित दमारमा ब्यापक रुपमा रुख कटान हुदा समेत जिल्ला वन कार्यालय रौतहटले खासै वास्ता नगरेको स्थानीयको दाबी छ ।
गैडाटार सव डिभिजन कार्यालयका कर्मचारीकै मिलेमतोमा रुख कटान भएको स्थानीयले आशंका गरेकाछन् । जंगलमा यतीठुलो मात्रामा काचा रुख काटिएको बिषयमा गैडाटार सव डिभिजन कार्यालयका प्रमुख अमरदेव यादवलाई जानकारी दिदा समेत उनले आफ्नो क्षेत्रमा सो क्षेत्र नपर्ने भन्दै पन्छने गरेको महादेव डाडाका स्थानीयको भनाइ रहेको छ ।
वनमा तस्कर समुहले मेशिननै प्रयोग गरेर काचा सालका रुख कटान गरेर कडी तथा फल्ली बनाएर बिक्रि बितरण गर्ने गरेको स्थानीय युवा आशिष तितुङले जानकारी दिए । मकवानपुरको बकैया गाउपालिका वडानं १ को मुनाल सामुदायीक वनका पदाधिकारीको मिलेमतोमा रौतहटको वन फडानी भएको तितुङले जानकारी दिए ।
सो क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटले केही बर्ष पहिला २५ हेक्टर वनमा तारबार गरेर बिरुवा रोपेकोमा अहिले सो क्षेत्रलाई तेहाका बासिन्दाले तारबार उखेलेर खेतीयोग्य जमिन बनाएकाछन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले सो क्षेत्रमा काठ चोरी निकासी भएको र अहिले डिभिजन वन कार्यालयले गस्ती बढाएको बताए । बकैया गाउपालिका वडानं १ का प्रेम माझि ,बिवेक बल ,कप्तान बजु हितको समुह काचा सालका रुखको चोरी तस्करीमा सक्रिय रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
नमोबुद्ध सामुदायीक वन चन्द्रपुर ३ का अध्यक्ष प्रदिप स्याङतानले सो क्षेत्रमा रातीको समयमा चोर गिरोहले मेशिन प्रयोग गरेर काचा सालका रुख काटेर लाने गरेको बिषयमा आफुले डिभिजन वन कार्यालयमा जानकारी गराउदा समेत चोरी नियन्त्रण हुन नसकेको बताए ।
रौतहटको चुरे फेदीको गाउमा पछिल्लो समय वन चोरी तस्करी तथा वन फाडेर घर टहरा बनाउने र खती योग्य जमिन बनाउने क्रम तिब्र रुपमा बढेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख सिंहका अनुसार राजनैतिक दलको कारण चुरेको वन बिनास भएको हो । वनमा हानी नोक्सानी गर्नेलाई पक्राउ गर्नासाथ राजनैतिकदलका नेताहरु छुटाउन आउने गरेका कारण सो क्षेत्रको वनमा लामो समय देखी हानीनोक्सानीले प्रत्साहन पाउदै आएको वन कर्मचारीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here