ओम प्रकाश यादव
गरुडा २३ असार ।

रौतहटको गरुडामा आजदेखी चार दिने सहकारी आयमुलक तालिम सुरु भएको छ । गरुडा नगरपालिकाका नगर प्रमुख ईनु राय यादवले मैनबती बालेर उक्त सहकारी आयमुलक तालिमको उदघाटन गर्नुभएको छ । नगर प्रमुख यादवले उदघाटन गरेसँगै उक्त तालिम शुरु भएको हो । नगर प्रमुख यादवको प्रमुख आतिथ्य तथा आयोजक संस्था माँ जानकी कृषि सहकारी संस्थाकी अध्यक्ष विना कुश्वाहाको अध्यक्षतामा भएको उदघाटन सत्रमा विशिष्ट अतिथिहरुमा जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष रामप्रवेस दास, नेता वृज किशोर यादव, राजकुमार दास लगाएतका नेताहरु रहनुभएको थियो । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र श्री माँ जानकी कृषि सहकारी संस्था लिमिटेड पिप्रा रजवाडा ४ रौतहटको आयोजनामा गरुडाको नवीन गेष्ट हाउसमा उक्त तालिम शुरु भएको हो । आजदेखी शुरु भएको तालिम आउँदो शुक्रवारसम्म लगातार सञ्चालन हुने छ । तालिममा विभिन्न सहकारी संस्थाहरुबाट गरी ३५ जनाभन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन । सहकारी क्षेत्रमा संलग्न सदस्य र संचालकहरुलाई आवश्यक सीप, ज्ञान, शिक्षा तथा तालिम प्रदान गरी अझै दक्ष बनाउने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको छ । तालिमले व्यक्तित्व विकास कार्यक्षमता र कार्यदक्षताको विकास र आएका समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ त्यसैले यस तालिम मार्फत कार्य कुशलतामा बृद्धि हुदै स्वस्थ प्रतिश्पर्धा गर्न सक्ने क्षमतामा बृद्धि गराउनु, जनशक्तिको भरपुर सीप ज्ञानको विकास गर्दै व्यक्ति विकासमा टेवा पुर्याउने र आवश्यक थप जनशक्तिलाइ समेत विकास मुलक, सेवा मुलक र जनमुखी वनाउने यो तालिमको प्रमुख उद्देश्य रहेको छ । तालिममा प्रशिक्षक सुरेन्द्र साह सहित दुई जना सहभागीहरुलाई प्रशिक्षण दिरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here