काठमाडौँ २३ असार ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टीद्वारा गठित कार्यदलले सिफारिस गरेको छ । संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै कार्यदलले नेतृ गिरीलाई सांसदबाट निष्कासन गर्न सिफारिस गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् । साथै उनले नयाँ नक्सासहितको नेपालको नयाँ निशान छाप परिवर्तन गर्न भएको संविधान संशोधनका क्रममा पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन् । उक्त विषयमा छानविन गर्न समाजवादी पार्टीले कार्यदल गठन गरेको थियो। समाजवादीले महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले छानविन प्रतिवेदन पार्टीलाई बुझाएको छ। उक्त कार्यदलले सांसद गिरीलाई पार्टी र सांसदबाट निष्कासन गर्न सिफारिस गरेको समाजवादीका एक नेताले देशसञ्चारलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here