काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण स्थायी समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन । आज बुधबारका लागि तोकिएको बैठक पनि पुनः दुई दिनका लागि स्थगित भएको छ । प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउनुपर्ने अडान राख्दै आएका छन् भने ओलीले कुनै पनि हालतमा कुनै पदबाट नहट्ने अडानमा छन् ।