गौर,२४ असार ।
नेपालको सीमा मिचेर भारतले एकतर्फी रुपमा बनाएको तटबन्धले रौतहटको ईशनाथ नगरपालिकामा वर्षेनी करिब ५ सय बिघा जमिन डुबानमा पर्ने गरेको छ । स्थानीयबासीको व्यापक विरोधका बीच पनि २० वर्ष पहिले बनाएको र हरेक वर्ष मर्मत गर्दै दश मिटर अग्लो बनाइसकेको तटबन्धले गर्दा मुख्य गरी बन्जरहाका बासिन्दा पीडित बन्ने गरेका छन् ।
बाढीको समयमा आफ्नो गाउ“ टापूमा परिणत हुने गरेको स्थानीय सुरज सिंहको भनाइ छ । ६२ वर्षीय सिंहले करिब बीस वर्ष अघि भारतले एकतर्फी रुपमा नेपालको सीमा मिचेर तटबन्ध निर्माण गर्दा आफूहरुले विरोध गरेको तर भारतीय पक्षको अगाडि स्थानीयबासीको केही नलागेको बताए । उक्रत समय रौतहटका प्रहरी तथा प्रशासनलाई पनि आफूहरुले लिखित र मौखिक सबै किसिमले त्यसको जानकारी गराएको तर पनि भारतीय पक्षले एकतर्फी बा“ध निर्माण गरेको बताएका छन् । बीसौ वर्षदेखि आफूहरुको खेत र घर सबै डुबानमा पर्दै आएको बताउने सिंहले तटबन्धमा पानी निकासको लागि बाटो नछोडेर झन् अन्याय गरेको बताएका छन् । एकातिर नेपालको सिमाना मिचेर भारतले तटबन्ध बनाएको छ र पानी निकासको बाटो नछोडेर अर्को अन्याय गरेको छ ।
अन्तर्राष्ट्रिय नियम अनुसार दशजगाको यति नजिक बाँध तथा अन्य कुनै ठोस संरचना बनाउन नै पाउ“दैन तर उल्टै नेपालको सिमाना मिचेर नेपालको बस्ती तथा खेत डुबानमा पर्ने गरी संरचना बनाउ“दा पनि नेपाल सरकारले केही पनि गर्न नसकेका कारण आफूहरुले बीस वर्षदेखि दुस्ख भोगिरहेको स्थानीयको भनाई छ । बन्जरहा, औरैया लगायत अन्य विभिन्न गाउ“को गरेर ईशनाथ नगरपालिकाको करिब पा“च सय बिघा जमिन डुबानमा पर्ने गरेको र मुस्किलले कुनै वर्ष धानको उब्जनी हुने गरेको स्थानीयको गुनासो छ । ठूलो बाढी आउ“दा धानबाली शतप्रतिशत सखाप त हुन्छ नै तीन वटा गाउ“का स्थानीयबासीलाई कैयौँ दिनसम्म घरभन्दा बाहिर निस्कन सक्ने अवस्था नै हुँदैन ।
स्थानीयबासीको व्यापक पहलमा नेपाल र भारत दुवैतिरका प्राविधिकहरुको संयुक्त टोलीले शनिबार दशगजा क्षेत्रमा रहेको जंगे पिलरहरुको जिपिएस प्रणालीबीच नापजा“च गर्दा भारतीय पक्षले दुई सय मिटर जमिन मिचेको प्रमाणित भएको थियो । दुवै पक्षले अस्थायी जिआइ पाइप गाडेर नया“ नक्सांकन पनि गरेका छन् । नक्सांकन अनुसार तटबन्ध भत्काउनु पर्ने देखिन्छ। भारतीय पक्षले आवश्यक प्रक्रिया पूरा गरेर केही समयपछि तटबन्ध भत्काउने आवश्वान दिएको रौतहटका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए । भारतीय पक्षले नेपाली जमिन मिचेर बनाएको तटबन्ध भत्काएमा स्थानीयबासीको धेरै समस्या समाधान हुने स्थानीयको विश्वास रहेको छ ।