रुपेन्द्र पटेल
गौर,२४ असार ।
कोरोना भाइरसक एक ब्यक्तिबाट अर्को व्यक्तिमा नसर्न माक्स अनिवार्य लगाउनु छ । साथै, तपाईलाई चिसो वा खोकी लागेको छ भने मास्क अनिवार्य लगाउनु पर्द छ । कोरोना भाइरसले माक्स लगाउने बानि हरेक मानिसलाई सिकाए पनि रौतहटको ग्रामिण भेगका मानिसहरु माक्स लगाउन छोडेका छन् । सुरु–सुरुमा कोरोना भाइरसको हल्लाले ग्रामिण्म भेगका बालबालिका देखि बृद्धबृद्धा सम्मले माक्स लगाउने गर्थे ? तर कोरोनाको हल्ला सान्त हुदै जा“दा ग्रामीण भेगका मानिसहरु माक्स लगाउन छोडेको देखिन्छ । ग्रामीण भेगका मानिसले घर बाहीर निसके पनि माक्स नलगाएको पाइन्छ । नेपालमा कोरोनाको संक्रमणको संख्या बढदै गएपनि तराई मधेशका ग्रामीण भेगका मानिसहरु माक्स लगाउन छोडेको हो । यता सरकारले माक्स नलगाएर घरबाट बाहिर निसक्नेलाई धमाधम कारवाही गर्न थालेका छन् । लकडाउन खुकुलो भएसंगै कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले सुरक्षा प्रोटोकल कार्यान्वयनमा कडाइ गरेको छ । घरबाहिर निस्कँदा सामाजिक दूरी कायम गर्दै मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
संक्रमण बढ्दासमेत सुरक्षा मापदण्ड पालना नभएपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गरी कडाइ गर्न निर्देशन दिएको होरु। नियम नमान्नेलाई पक्राउ गरेर संक्रामक रोग ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएकोे बताए । निश्चित सर्तका आधारमा सरकारले लकडाउन खुकुलो बनाएको हो । तर सामाजिक दूरी तथा स्वास्थ्य मापदण्ड कार्यान्वयनको नियम धेरैले उल्लंघन गरकाले यस्तो निर्देशन दिइएको हो । कोरोना संक्रमण भयावह रूपमा फैलिने जोखिम बढेपछि गृह प्रशासन कठोर बन्नुपरेको छ । यता बैंक तथा बित्तिय संस्थाहरुले माक्स न लगनउनेलाई बैंक तथा बित्तिय संस्थाको कार्यालयमा प्रबेश गर्न नदिएको हो । यस्ता महामारीको समयमा माक्स लगाउनु नै उचित हो । माक्स लगाउन छाडेका रौतहटको ग्रामीन भेगमा स्थानिय तहद्धारा जनचेतना फैलाउन आवश्यक देखिएको छ ।