रुपेन्द्र पटेल
गौर,२४ असार ।

लकडाउन अघिसम्म सुनसानजस्तै देखिने रौतहटका पसलहरूमा लकडाउन खुकुलो भएपछि भने चहलपहल हुन थलेको छ । दुई देशको सीमानाका सिल भएपछि भारतीय सीमावर्ती बजार जाने उपभोक्ता रौतहटकै बजारमा रोकिँदा चहलपहल बढेको हो । सीमा सिल भएपछि खाद्यवस्तु र लत्ताकपडा खरिदका लागि भारतीय सीमावर्ती बजारमा जान नपाएपछि रौतहटको बजारमा कारोबार पनि निकै बढेको व्यापारीहरूको भनाइ छ । किराना, खाद्यान्न, कपडा, रेडिमेड, कस्मेटिकलगायत सामग्री खरिद गर्नेहरू यतैको बजारमा रोकिने गरेको उनीहरूको भनाइ छ । बजार खुलेयता नगदमा मात्रै कारोबार हुन थालेको व्यवसायीहरूले बताएका छन् । तीन महिनापछि बजार खुलेकाले उधारोमा कारोबार गर्न समस्या भएको उनीहरूको भनाइ छ । खरिद–बिक्री सबै नगदमै हुन थालेको चन्द्रनिगाहपुरका राज ईलेक्टूोनिकका सञ्चालक राजु तिवारीले बताए । सीमावर्ती बजार बैरगनियाका कैयौँ पसल नेपाली उपभोक्ताको भरमा सञ्चालित थिए । सरकारले सीमा सिल गरेका कारण ती पसलमा व्यापार ठप्प भएको छ । बैरगनिगाको बजारमा नेपालको विभिन्न जिल्लाबाट नेपाली उपभोक्ता पुग्थे । तर, सीमा बन्द हुंदा यहा“को व्यापार चौपट भएको बैरगनियाका व्यापारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here