गौर,२५ असार । ईशनाथ नगरपालिकाले बनाएका क्वारेन्टिनाबाट मन्छेहरु निस्केसंगै क्वारेन्टिनमा रहेका समान समेत हराएकाछन् । नगरपालिकाले लाखौ लाख रकम खर्च गरेर क्वारेन्टिन बनाएको भएपनि क्वारेन्टिनमा रहेका समानको उचित रेखदेख नभएका कारण समान चोरी भएको स्थानीयले बताएकाछन् ।
ईशनाथ नगरपालिकाको डुमरिया परोहा वडानं ९ स्थित रहेको क्रेन्टिनकोबाट सबै मान्छे परिक्षण पछि घर गएपछि त्यहा रहेका सबै समान चोरी भएको स्थानीय बासिन्दा अर्जुन सिन्हाले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
क्वारेन्टिनमा रहेको पंखा ,मोटर ,त्रिपाल भाडाकुडा लगाएतका समान चोरी भएको सिन्हाले जानकारी दिएकाछन् ।