जनकपुर,२५ असार ।
गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा मात्र गरेनन्, जुनी जुनीसँगै बिताउने कसम समेत खाए। प्रेमको सागरमा डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन ।
‘गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा उ पोजेटिभ नै थियो तर पछि फोन गर्दा तिमी को होरु म तिमीलाई चिन्दिन भनेपछि मेरो सातो उड्यो,’ महोत्तरीको जलेश्वरकी २० वर्षीय युवती सरला९परिवर्तित नाम०ले भनिन्। डाक्टरले साउन दोस्रो साता ‘डेलिभरी’ हुने भनेका छन्। सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन्। साथ दिने कोही छैन, जताततै तिरस्कार छ। अति माया गर्ने आमाबुबा समेत टाढिएका छन्। उनी घर जानै सक्दिनन्। ‘मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु’, उनी भन्छिन्, ‘तर मान्छेको मन हो, दुखिरहँदो रहेछ।’ गएको मंसिरमा गर्भवती भएकी उनी घर परिवार, आफन्त, समाज चारैतिरबाट गर्भ फाल्न दबाब दिएपछि उनी आत्महत्या गर्न विष समेत किनिसकेको थिइन्।
तर स्कुलका एकजना साथीले उनलाई सहयोग गर्न र आश्रय दिन तयार भएपछि उनी त्यो कदमबाट पछि हटिन्। सुरुमा व्यवहारिक रुपमै समस्या समाधान गरी शिवराज९पूर्व प्रेमी० र उनका परिवारलाई जसरी पनि मनाउन हरसम्भव प्रयास गरिन्। तर नसकेपछि कानुनीबाटो रोजेको उनले सुनाइन्। युवतीका अनुसार सुरुमा शिवराज र उनका आमाबुवाले गर्भ फाल्न निकै करबल गरेका थिए। ‘तर मैले मान्दै मानिनँ। म पहिलो बच्चालाई कुनै हालतमा जन्माएर हुर्काउन चाहन्छु। म आफ्नै बच्चालाई मार्न सक्दिन,’ उनले भनिन्। साथीको घरमा गुजारा गरिरहेकी उनको मनभित्र पीडाको ज्वारभाटा चलिरहेको छ। ९ महिनाकी गर्भवती उनी न्यायकालागि दिनहुँ प्रहरी, प्रशासन र वकिल कार्यालय धाइरहेकी छन्।
‘सिडियोको ड्राइभर र प्रहरी शिवराजको मामा पर्छन्। त्यसै कारण सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानिरहेको थिएन्,’ उनले भनिन्, ‘धेरै दबाब दिँदा फागुनमा बिहे गरेर लान्छ भनेर प्रहरीले भनेको थियो। तर पछि उनको आमाले छोरालाई भगाइदिए।’ राजनीतिक दबावमा लामो समयसम्म प्रहरीले जाहेरी दर्ता इन्कार गरेको उनको आरोप छ। एक जना नेकपा नेतृकै दबाबका कारण सेफ हाउसमा समेत गर्भ तुहाउन निकै दबाव खेप्नु परेको उनले सुनाइन्। ‘२ गते चैतमा जाहेरी दर्ता भयो। त्यसपछि शिवराजले म्यासेज गरेर जाहेरी फिर्ता लिन मलाई दबाब दियो। उ अझै खुलेयाम घुमिरहेको छ। तर प्रहरीले तिनै नेताको दबाबमा उनलाई पक्राउ गर्न मानेको छैन्,’ उनले थपिन्। धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले शिवराजविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेपछि उनी फरार भएको बताए। ‘उनी फरार छन्। प्रहरी खोजतलासमा जुटेको छ। हामीले उसको आमामाथि समेत अभद्र व्यवहारमा मुद्दा चलाएका छौँ,’ उनले भने। नेताहरुले घटना दबाउन कुनै दबाब नदिएको उनले दावी गरे। टुडेपाटी बाट सभार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here