काठमाण्डौ,२५ असार । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले बताए । सार्वजनिक सवारी चलाउदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो । त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । एकै परिवारको भए पाच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएको छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत सोहीअनुसार हुने खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here