अशोक पहाडी
चन्द्रनिगाहपुर,२५ असार
। कृषि सहकारीका नाममा मल खाद्य लगेर कालोबजारी गर्ने एक जनालाई रौतहट प्रहरीले फक्राउ गरेपनि कालोबजारी गराउने सहकारीलाई पनि कार्वाही गर्नुपर्ने स्थानीयको माग छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाडनं १ मा रहेका ३ वटा कृषि सहकारीको नाममा चन्द्रनिगाहपुरमा रहेको कृषि सामाग्री कंम्पनीबाट मल खाद्य लगेर महंगोमा कृषकलाइ बिक्रि गर्ने चन्द्रपुर १ बागमतीका सत्यलाल साहलाई केही दिन पहिला ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
चन्द्रपुर १ बागमतीमा रहेको बागमती बचत तथा ऋण सहकारी ,श्रृजनसिल कृषि सहकारी र उन्नतीसिल महिला कृषि सहकारी संस्था र वडानं १ को सिफारिसमा कृषि सामाग्री कंम्पनीबाट सेटिङमा मलखाद्य लगेर राहुल खाद्य स्टोर्स बागमतीबाट महंगोमा बिक्रि बितरण गर्ने साहलाई प्रहरीले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखेको छ ।
पक्राउ परेका साहलाई कालोबजारी एैन अन्र्तगत कार्वाहीको प्रक्रिया अगाडी बढेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी तराई एक्सप्रेसलाई दिइएकाछन् ।
हकारीको नाममा मलखाद्य लगेर किसानलाई चर्को मुल्यमा बेच्नुका साथै मकवानपुर सम्म कालोबजारी गरेको गुनासोका आधारमा साहलाई पक्राउ गरेको डिएसपी शाहीले बताए ।
कृषि सामाग्री कंम्पनीबाट मल कालोबजारीलाई दिन सिफारिस गर्ने तीन वटै सहकारीलाई समेत कार्वाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको भनाई रहेको छ ।
बागमती बचत तथा ऋण सहकारी ,श्रृजनसिल कृषि सहकारी र उन्नतीसिल महिला कृषि सहकारी संस्थाका पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने स्थानीय बासिन्दाले बताएकाछन् ।
कृषि सामाग्री कम्पनी चन्द्रनिगाहपुरका कर्मचारी तथा सहकारीको मिलेमतोमा साहले मलखाद्यको कालोबजारी गर्दे आएका थिय । साहलाई उन्मुक्ति दिनमा लागि बागमतीमा रहेका तीनै वटा सहकारीले ब्याक डेटमा मलखाद्य बुझेको भर्पाई यतीबेला बनाउदै हिडेको एक स्थानीय बासिन्दाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here