कैलाली २५ असार ।
कैलालीमा एक युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राती हत्कडीसहित थुनाबाट भागेका हुन् । इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले उनको खोजीका लागि प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोलीसमेत परिचालन भइसकेको जानकारी दिए ।
विष्टका अनुसार ऐरले ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको मंगलवार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनको शव घरको पश्चिमपट्टी अरहरको झारले शव छोपेको अवस्थामा फेला परेको थियो । मंगलवार दिउँसो ३ बजेतिर घरमा कोही नभएको मौका छोपी उनले हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएर घरको पश्चिम पट्टी रहेको अरहरको बारीमा लगेर धारिलो हतियार ९दाउ० ले घाँटीमा प्रहार गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here